जरुर साथी म पागल ! यस्तै छ मेरो हाल ।
म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु !
बासनालाई संबाद लिन्छु । आकाशभन्दा पातालका कुरालाई छुन्छु ।
ती कुरा, जसको अस्तित्व लोक मान्दैंन जसको आकार संसार जान्दैन !
– महाकवी लक्ष्मीप्रसाद देवकोटा