कविता – सरिता बलामी

कहाँ बल्यो जनतामा चेतनाको दियो

आज उस्तै हिजो उस्तै विगत उस्तै थियो

नाम फेर्यो व्यक्ति फेर्यो शासन चलाउनेको

जस्तातस्तै अवस्था भो सर्वहारा जनताको
खोला बग्यो सोझासिधा जनताको रगतको

राजतन्त्र अन्त्य गरी उदय भो लोकतन्त्रको

निस्पट्ट अन्धकारमा टुकी बलेजस्तै गरी

जनताका मनमा केही मन्द मुस्कान छरी
राजतन्त्र लोकतन्त्र नाममा त भेद आयो

पलभरमै हराउने खुशी पनि साथ ल्यायो

भ्रष्टाचार अराजकता जरा गाड्दै मौलाउँदैछ

समाजमा नाम फेर्दै निरङ्कुशता मौलाउँदैछ