निबन्ध – रामराजा के . सी. – सेतो भएको बोके दाह्री

समयले बुढो बनाउन ढिला गर्दैन बुढो भएँ भनि स्विकार्न ढिलो लाग्ने रहेछ ।

चौंतीस वर्षको उमेरमा मेरो दाह्रीको एउटा रौं सेतो भएछ । म बुढो भएछु। हुन त आफूलाई तीसको हाराहारिमा बुढो भनि म स्विकार्दिन । तैपनि मेरो सेतो भएको दाह्रीको एउटा रौंले अवगत गराउन थाल्यो। कस्तो अचम्म हो यो?

मैले च्यापुको माथि ओठको तल खोपिल्टामा दाह्री नाकाटी राखेको छु । पाल्ने रहर जाग्यो। किन थाहा छैन । यो दाह्री बोके दाह्री हो ।बोकाको दाह्री च्यापु मुनि सिमित ठाउँमा लामो हुनेगर्छ । त्यसै गरी मलाई पनि के को रहर जागर हो थाहा छैन तर पाल्न चाहीँ पालें मैले । पन्ध्र वर्ष देखि गालामा झुस्झुसे रौ पलाउ थाल्यो । चारवर्षपछि सरिता दिदीको विहे थियो। तयो दिन बुबाले नराम्रो देखियो भनेर खौरिदिनु भयो । मेरो दाह्री खौरने न्वारन त्यसहित भयो। उन्नाइस वर्षको उमेरमा पहिलो पल्ट दाह्री खौरिएपछि ऐनामा आफ्नो अनुहार फरक लाग्यो। त्यसपछि दाजुको जिलेट ब्लेटले थाहा नपाउने गरी दाह्री खौरन सुरु गरें। धेरै जस्तो गाल्लाबाट रगत आएकै हुन्थ्यो । चिल्ला गाला हेर्दा बच्चा जस्तो देखिने आफैलाई आफ्नो अनुहार मनपर्दो पो हुनथाल्यो। हुन त संसारम सबैभन्दा राम्रो आफू नै हो। त्यसमाथि पनि दाहृी खौरिएको म, मलाई झन मन पर्न थाल्यो। त्यो दाह्री खौरने प्रक्रिया महिनामा एकपल्ट पनि हुने थिएन । लामो समयको अन्तरालमा मात्र दाह्री पलाएको र खौरैदा आफूलाई मनपर्ने हुन्थ्यो ।

दाह्री पलाउँदै गर्द कुनै चिन्ता थिएन ।क्याम्पसको फिस बुबाले तिर्नुहुन्थ्यो । आवश्यक परेका कुरा घरमा भन्दा पुग्थ्यो। आफू कसरी राम्रो बन्ने भन्ने कराको सोचाइ मात्र हुन्थ्यो ।दाजुको जिलेट ब्बेटले गाला चिल्ला बनाइदिन्थे। अनि बुबाको पसिनाको कमाइले क्याम्पस पुर्यएकै थियो । यसरी चलेको थियो जिन्दगी दाह्री पलाउँदै गर्दा ।

खौरँदै जाँदा खैरा रौंहरु विस्तारै कालो कालो हुँदै गए। छिपपिएको सङ्केत हुन थाल्यो । घर परिवारमा पनि विस्तारै मेरो आफ्नो कामको जिम्मेवारी थपिँदै जान थाल्यो । बुबाले गर्ने काममा थोरै हात मेरो पनि हुनथाल्यो । गर्नै पर्थ्यो काम नत्र हुँदैन थियो मुखमा माम। किसान परिवार र काँठमा जन्मिएपछि थोर बहुत किसानि काम जान्नै पर्ने र अलिकति घमण्ड हुनैपर्ने परिवेशबाट हुर्कँदै गएँ ।

कहिल्यै दाह्री पाल्ने शोख भने भएन । सधैँ दाह्री खौरिएर आफूलाई ऐना अगाडी उभ्याएर चिल्ला गला भएको सुन्दर मान्छे नै पाएँ । आफैले जिलेट ब्लेट दुईओटा धार भएको ब्लेट किनेर दाह्रीखौरन र गालामा दल्ने साबुन किन्न सक्ने हुँदा समयले निकै कोल्टे फेरिसकेको थियो ।

जुँगा पाल्ने रहर पलाएन कहिल्यै पनि । बार्ह्र कक्षामा हृदमसिंह यन्द्र प्रधानले लेखेको जूँगा निबन्ध पढें। जुँगा पाल्ने मान्छे क्रुर हुन्छ भनि निबन्धमा बताएका रहेछन्। मलाई क्रुर बन्न मन लागेन ।सरल र सहज बनेर जीवन विताउने रहर थियो । के का लागि क्रुर देखिनु थियो र ?

के मन लागेर हो ओठ मुनि थोरै रौं कालो हुनथालेपछि मैले खौरिन छाडें ।बोके दाह्री पालें मैले। पाल्दै थिएँ। अरु काट्दै। एउटा रौं सेतो देखियो। सधैँ सबै कालै देखिन्थे। मलाई आफू युवा नै भएको र जे पनि गर्न सक्छु जस्तो लागथ्यो। जब सम्म गालाका रौं काला हुन्छ तव सम्म मान्छे युवा नै हुन्छ । युवाको अर्थ हरेक समस्यासँग जुधेर समाधान गर्न सक्ने हुन्छ। सायदै कुनै कुराले, दुःखी बनाउन सक्दैन। ढुङ्गा पचाउन सक्छ भन्छन् नि त्यही बला चाहीं युवा हो क्यारे।

गालामा उम्रने दाह्री र छिप्पिँदै गरेको त्यो रौंले मान्छेलाई आफ्नो जिममेवारीले थिच्दै लैजाने रहेछ।कैलो रौं हुँदा अरुले उठाउने जिम्मरी कालो हुँदै गर्दा आफैले उठाउनु पर्ने हुँदो रहेछ । त्यो एउटा नाथे रौंले जीवनलाई बुझाउँदो रहेछ । सङ्घर्षसँग मितेरी गाँसिदिँदो रहेछ।

एउटा दाह्रीको रौं सेतो हुँदा जति पल्ट ऐना हेरेपनि त्यही सेतो रौंमा मात्र आँखा पर्न थाल्यो। एक मनले त सोचें यो पालेर पालेर राखेको बोके दाह्री खौरिए फालिदिन्छु । फेरी अर्को मनले भन्यो एउटा रौं उखल्यो भने त टनटै साफ । एकदिन उखलेर फालें। वर्षैंदेखि पालेको बोके दाह्री फालिन। बिचरा म । उखेलेको ठाउँमाफेरी सेतै भएर उम्रँदो रहेछ । एकपल्ट उखेल्दैमा म जुन व्यवहारिकतामा फसिसकेंको थिएँ तयहाँबाट उम्कन त पक्कै सक्ने थिइन । म माथि आइपरेका जिम्मेवारी फाल्न सकिँदैन थियो। हात उठाएर सक्दिन भन्न मिल्ने अवस्था पनि थिएन । काँधमा बोझ थपिँदै थियो।

बुबाको गाला हेर्थें। सफिस जाँदा मात्र दाह्री खैरने गाला सेताम्य कैसकेका थिए। त्यो सेतो भएको दाह्री भित्र कति सङ्घघर्ष लुकेको रहेछ। हामी चारजना सन्तान हुर्काउनउनलागको खर्च, बुढा र रोगी आमाबुबाको उपचार र लालनपालन।

यि आवश्यकताहरू पूरा गर्र्दागर्दै आफना आवशयकता तिलाञ्जलि दिएका आँखा । आफ्ना सपना हाम्राा आखँमा देखिनथे होलान्। थुप्रै कुरा लुकेको रहेछ त्यो सेतो दाह्री भित्र ।हजुरआमाको टाउकोमा एउटा पनि कालो कपाल छैन । सबै सेतो बैसकेको छ। यसोनियाल्छु । छ ओटा सन्ताल हुर्काउन, बढाउन, विहे गर्न अनि नातिनातिनाको लस्करसँग रमाउन खोज्दा खोज्दै पन्चान्नब्बे पार भैसकेको छ ।हण्डर, ठक्कर, पीर, व्यथा सब पार गरेर उत्तरार्द क्षणमा पुगिसकेको छ । खेलाको बगर जस्तै। त्यही कुरा नियाल्छु । कपाल सेतो हुने कुरा सामानय थियो । त्यो सेतो कपाल भित्र एउटा इतिहास लुकेको छ जिन्दगीको। सेतो कपाल संगै भोगिएको जिन्दगी, विताएका समय, खएको दुःख याद आउँछ होला ।

फेरी आफूलाई हेर्छु। आज एउटा रौं सेतो भयो। विस्तारै टाउकोमा उक्लन्छ होला। एक एक गरी सेतो हुदै जन्छ होला। फाट्फुट्ट हुँदा सम्म त ऐनामा हेर्दै उखेल्छु होला पनि । अनि आदि जति नै सेतो भएसि त के गर्नु? सानो छोरो सार्थक बढ्दै जान्छ । बुबा आमाको शरीर बुढो हुँदै जन्छ। ममाथि जिम्मेवारी बढ्दै जान्छ । सिथिल बन्दै जान्छु। हजुर आमाको जस्तै दिन मेरो पनि आउनेछ ।

ऐना अगाडी आफूलाई उभ्याउँदा सानै उमेरमा पाको देखिएको चिन्ता हुनथाल्यो। छिट्टै बुढो भएँ भन्ने स्विकार्न कठिन नै थियो। एउटा रौं सेतो हुँदा त निद्रा लाग्न छाड्यो भने सबै सेतो हुँदा सम्म के होला?? रौं सेता, छाला चाउरी, खुट्टा लर्बराउने, गाला भित्र पस्दा अरुको भरमा बँच्नु पर्दा के होला? सार्है चिन्ता पो लाग्ने रहेछ।

मैले रौं सेतो भयो अब बुढो भएँ घरमा कसैलाई नई सुनाएँ भने के भन्छन् । हजुरआमाको वृद्ध अवस्था, बुबाका हातका रेखा भन्दा बढी ठेला भएका हात, आमाका कुर्कुचचाका चिरा यि सबैले मलाई गिज्याउँछन् होला । बाँकी अझै छन् मलाई बुढो बनाउने समय। कालो रौं अनि थोरै जिम्मेवारी, सेतो रौ धेरै भन्दा धेरै जिम्मेवारी हुने नै जिन्दगी पो रहेछ।

एक्लै ओछ्यानमा पल्टिएर रौं बारेमा सोचेर मात्रै जिन्दगी नचल्ने रहेछ। अब लाग्दैछ सेतो रौ उखेल्नु भन्दा पनि अर्को रौं अनि फेरी अर्को रौ गर्दै आफूले आफैलाई इतिहास बनाउन तर्फ लाग्नु पर्यो ।समयले बुढो बनाउन ढिला गर्दैन बुढो भएँ भनि स्विकार्न ढिलो लाग्ने रहेछ ।

एक्लै ओछ्यानमा पल्टिएर रौं बारेमा सोचेर मात्रै जिन्दगी नचल्ने रहेछ। अब लाग्दैछ सेतो रौ उखेल्नु भन्दा पनि अर्को रौं अनि फेरी अर्को रौ गर्दै आफूले आफैलाई इतिहास बनाउन तर्फ लाग्नु पर्यो ।